सल्यानमा जीप दुर्घटना, दुई जनाको मृत्यु

होस्ट खबर १५ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं : सल्यानमा फेरि जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कुमाख गाउँपालिका–७ डुमकोटबाट शारदा नगरपालिका–११ स्थित खैराबाङ मन्दिरको दर्शनका लागि जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप शनिबार बिहान कुमाख गाउँपालिका–७ चिसापानीमा नजिकै दुर्घटना परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा कुमाख गाउँपालिका–७ का अन्दाजी ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया यनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

खैरावाङ मन्दिर नेपालका शक्तिपिठमध्ये एक मानिन्छ। मन्दिरमा दशैंको अवसरमा विशेष पूजाआरधना लाग्ने गर्दछ। मनोकांक्षा पुरा हुन्छ भन्ने जनविश्वासका कारण दशैंमा सल्यान र छिमेकी आसपासका जिल्लाहरुबाट भक्तालुजनहरु खैरावाङ पुग्ने गर्दछन्।

चार दिनअघि मात्र सल्यानको मुलपानीमा जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थल र १ जनाको उपचारका क्रममा मृत्यु भएको थियो।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array