कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो: गगन थापा

होस्ट खबर १५ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आफ्नै पार्टीभित्र विद्रोह गर्ने बेला आएको बताएका छन् ।

शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोह गरेर पार्टीलाई ठिक ठाउँमा नल्याए सत्ताको हतियारमात्र हुने बताएका हुन् ।

पार्टीभित्र ठूलो शुद्धीकरण अभियाउन चलाउनुपर्ने आवश्यकता औँल्याएका थापाले चुनाव जित्नका लागि मात्र पार्टी गठन गरेको जस्तो भएको भन्दै विद्रोह गर्नुपर्ने बेला आएको जिकीर गरेका हुन् ।

निर्वाचन आयोगमा पार्टीले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति असन्तुष्ट रहँदै आएको शेखर–गगन समूहले सच्याउनलाई अल्टिमेटमसमेत दिएको छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्