सुर्खेत : जाजरकोटपूर्व हुँदै डोल्पामा विद्युतीकरणका लागि तीन वर्ष अघि गरिएको ठेक्का तोडेर नयाँ स्वीकृत भएको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले पटक–पटकको ताकेता गर्दा पनि काम नगरेपछि जाजरकोट –डोल्पा ३३ केभीको प्रसारण लाइनको नयाँ ठेक्का सुरु गरेको जनाएको छ । जाजरकोट कुदु हुँदै चौखासम्म एक खण्ड र कुद हुँदै डोल्पाको त्रिपुराकोटसम्म अर्को खण्ड गरेर ठेक्का स्वीकृत गरिएको प्रदेश कार्यालयले बताएको छ ।
ठेक्का लगाएको लामो समय भए पनि कामको नतिजा नदेखिएको भन्दै पूर्वमन्त्री शक्तिबहादुर बस्नेत र गणेशप्रसाद सिंहले नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा गएर तत्काल नयाँ ठेक्कामा गएर काम सहज बनाउन लिखित माग गरेका थिए ।
ठेकेदारले काम नगर्दा बत्ती बलिसक्नुपर्ने समयमा नयाँ ठेक्का गर्नु रहरको विषय नभएको पूर्वमन्त्री सिंहले बताए। ‘कहिले बिजुली बल्छ भनेर जनताले हामीलाई प्रश्न गर्छन्। हामीले ठेकेदारलाई छिटो काम गर भन्यौँ’, उनले भने, ‘ठेकेदारले काम गर्छु भन्छ। तर काम गर्दैन । त्यसैले बाध्य भएर ठेक्का तोडेर नयाँ ठेक्का गरी काममा लाग्न दबाब दिनुपरेको हो।’
ठेकेदारले काम नगर्दा जाजरकोटको नलगाड, बारेकोट विद्युत बाल्न समस्या भएको छ। त्यस्तै छिमेकी जिल्ला डोल्पामा विद्युतीकरणमा विलम्ब हुँदै आएको थियो। यहाँ रहेका जगदुल्ला जलविद्युत आयोजना, नलगाड जलविद्युत आयोजना र ताँक्सुगाड जलविद्युत आयोजनामा काम गर्न समस्या हुँदै आएको थियो । जाजकोटबाट प्रसारण लाइन निर्माण नहुँदा रुकुम पश्चिमको बाफिकोटस्थित सब स्टेशनसँग जगदुल्ला जलविद्युत आयोजानले पीपीए गरेको थियो।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले पुनः भएको ठेक्काको काम तोकिएको मितिमा भएमा जाजरकोटको पूर्व र डोल्पा जिल्लामा विद्युतीकरण गर्न अब धेरै समय कुनुपर्ने अवस्था नरहेको बताए।। विकास निर्माणमा हुने ढिलासुस्ती देखि बदमासी गर्ने कार्यको निगरानी हुने उनको भनाइ छ ।
अहिले श्री सुनिता एण्ड कविता मा शक्ति जेभी भक्तपुर र श्री सुनिता एण्ड कविता ला निर्माण जेभी भक्तपुरले ठेक्का पारेका छन्।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्