जहाँबाट हिलारी नेल्सनलाई विश्वले चिन्यो त्यहिँ आएर उनी सदाका लागि बिदा

होस्ट खबर १४ आश्विन २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं : उत्तरी गोरखाको मनास्लु हिमालमा गत सोमबारदेखि बेपत्ता भएकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सन बुधबार बिहान मृत फेला परिन् ।

अमेरिकाको सियाटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेशनल जोग्राफिले साहसी खेलाडीको सूचीमा राखेको थियो । ४९ वर्षीया नेल्सन २४ घण्टामा विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होल्से हिमाल आरोहण गर्ने पहिलो महिला पनि हुन् ।
सम्बन्धित समाचार।।।

दुई दशक लामो करियरमा उनले १६ विभिन्न देशका ४० साहसिक टोलीसँग दर्जनौं हिमाल आरोहण गरेकी थिइन् । तर धेरै सफलता भने उनले नेपाल र यहाँका हिमालमा नै पाइन् ।

सन् २०१२ मा उनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी थिइन् भने २०१८ मा विश्वको चौथो अग्लो शिखर ल्होल्सेमा नेल्सनको जोडीले स्की खेलेको थियो । उनको साहसबाट प्रभावित भएर द नर्थ फेसले उनलाई प्रायोजन गरेको थियो ।

२०१८ मै उनले द नेसनल जियोग्राफिक एडभेन्चरर अव द इएरको पुरस्कार जितेकी थिइन् । मकालु हिमाल पनि उनले साहसिक खेल प्रदर्शन गरिसकेकी छन् ।

नेपालबाहेक विश्वकै कठिन मानिने भारतको पापुर्सा हिमालमा पनि उनले स्की खेलेकी छन् । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् । उनले अमेरिकाको डेनेली, बबल फन कलरको आरोहण गरेकी छन् । यस्तै तिब्बतको चो ओयो पनि उनले कीर्तिमान बनाएको हिमाल हो ।

१९९६ मा युरोपेली महिला साहसिक स्की खेलाडीको उपाधी जितेकी उनी दुइ सन्तानकी आमा हुन् । आमा बनेपछि पनि उनको बलियो इच्छाशक्तिले धेरै कीर्तिमान बनाउने संकल्प गरेकी थिइन् । त्यही क्रममा उनी नेपाल आएकी हुन् । तर उनको यात्रा अब टुंगिए पनि विश्वमै सधैं सम्झिरहने छाप भने छोडेकी छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array