बि.सं. २०७९ साल असोज १० गते सोमबार, आजको राशिफल

होस्ट खबर १० आश्विन २०७९, सोमबार
6 Min Read
Aa

सुर्खेत : आजको पात्रो: १० असोज २०७९, तद्नुसार २६ सेप्टेम्बर २०२२ । आश्विनशुक्लपक्ष अर्थात् दुर्गापक्ष पहिलो दिन, प्रतिपदा तिथि, आज घटस्थापना अर्थात् वडा दशैंको पहिलो दिन । आजदेखि नौ दिनसम्म देवीको आरधना गरी १० औं दिन विजया दशमीको दिन प्रसाद मानेर जमरा लगाउने गरिन्छ । आज बिहान सूर्योदय ०५ः५५ मा भएको छ भने सूर्यास्त ५ः५६मा हुनेछ । उत्तरफाल्गुनी नक्षत्र, शुक्ल योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आजका देवता पार्वती र ग्रहदेव चन्द्र हुन् । सोमबार शिवालयको दर्शन गर्दा मनमा शान्ति र सद्भाव प्राप्त हुनेछ ।

आजको राशिफल:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ । सोमबार मेष राशिका जातकका लागि नजिकको शिवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै शिवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यापार व्यवसायमा सोचेअनुसार नहुनसक्छ । आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । आजको दिन मन, वचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र आफ्नो दैनिककाम सम्पादन गर्नसक्नुहुन्छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । आज कष्टकर हुनेछ, मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज हरेक कुराका सकारात्मक सोच राख्न सक्नुभयो भने मात्र खुसीयाली छाउने छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मन अशान्त हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका चिन्तन आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले शुभ साइतमा यात्रा गर्नुहोला । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन अध्यापनबाट सफलता प्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्री जातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । चन्द्रमाको साथ रहेको छ । सोचअनुसार काम हुनेछ । सूर्योदयको दर्शन गरेर काम गर्दा सफलता मिल्नेछ । आजको दिन कसैलाई पनि दूवाच्य शब्दको प्रयोग नगर्नुहोला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
आजको दिन सुुरु गरेको काम सफलता मिल्नेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशिका जातकले सोचअनुसार काम हुनेछ । तपाईले आफ्नो ग्रह बलियो भएको बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन तपाईले शिवालयमा गएर जल अर्पण गर्नुभयो भने सुनमा सुगन्ध हुनेछ । आजको दिन शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज धनलाभ हुनेछ । सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । आजको दिन कसैलाई दिनुभएको धन प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन आकस्मिक धन प्राप्त हुनेछ । विगतदेखि गर्दै आएका कामको मूल्याकन हुनेछ । तपाईको सोचअनुसार काम गर्दा सफलता मिल्नेछ । आफन्त र मित्रजनबाट साथ सहयोग मिल्नेछ । आजको दिन कसैसँग विवाद नगर्नुहोला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको मन्दिरमा दर्शन गर्नुभयो भने तपाईमा थप उर्जा मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । अध्ययन अध्यापन र अनुसन्धानको काममा समय खर्च हुनेछ । समाज सेवामा समय दिनु पर्नेछ । आजको दिन समय व्यवस्थापन मिलाएर काम गर्नु आवश्यक छ । सकैसँग पनि विवाद हुने गरी काम नगर्नुहोला ।आजको पात्रो स् १० असोज २०७९, तद्नुसार २६ सेप्टेम्बर २०२२ । आश्विनशुक्लपक्ष अर्थात् दुर्गापक्ष पहिलो दिन, प्रतिपदा तिथि, आज घटस्थापना अर्थात् वडा दशैंको पहिलो दिन । आजदेखि नौ दिनसम्म देवीको आरधना गरी १० औं दिन विजया दशमीको दिन प्रसाद मानेर जमरा लगाउने गरिन्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्