राजनीतिक दलदलमा प्रहरी: कार्यकालमा दलीय सेवा अवकाशपछि नेता

होस्ट खबर ७ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप हुने गरेको आरोप जबर्जस्त छ । हरेक बढुवामा मुद्दा नपरेको बिरलै हुन्छ । यस्तै सरुवामा त उच्चतम राजनीतिक चलखेल हुने गरेको तथ्य ‘ओपन सेक्रेट’ नै छ ।

प्रहरी संगठनभित्र राजनीतिक दलहरूले राजनीति भित्र्याएको आरोप लाग्दै आएको छ । तर प्रहरीभित्र दलभन्दा बढी राजनीति भने प्रहरी अधिकारीले नै गर्छन् । दलका नेताहरूको विश्वासपात्र बनेर दलीय स्वार्थमा संगठनलाई प्रयोग गरी त्यसबाट लाभ लिने काम प्रहरी अधिकारीबाटै हुन्छ ।

यही कुराको एउटा प्रमाण पूर्वप्रहरी महानिरीक्षक ९आइजिपी० सर्वेन्द्र खनालले दिएका छन् । प्रहरी संगठनमा हुँदा पनि अनौपचारिक रूपमा उनी नेकपा एमालेमै रहेको कुुरा लुकेको थिएन । तर बिहीबार औपचारिक रूपमै उनी एमाले प्रवेश गरे ।

अवकाश प्राप्त प्रहरी अधिकारी राजनीतिक दलमा प्रवेश गर्न पाउँछन् । उनले पनि त्यसै गरे। तर दलमा प्रवेश गर्दैगर्दा उनले जुन अभिव्यक्ति दिए, त्यसले प्रहरीभित्रको राजनीति छताछुल्ल पारेको छ । एमाले प्रवेश कार्यक्रममा खनालले प्रहरी संगठनमा रहँदा पनि आफूले अध्यक्ष केपी शर्मा ओलीका लागि काम गरेको अभिव्यक्ति दिए । आधा घन्टा बढी भाषण गरेका उनले ओलीकै गुनगान गाए । आजको नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array