पूर्वआइजीपी सर्वेन्द्र खनाल किन एमाले प्रवेश गरे ?

होस्ट खबर ६ आश्विन २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं : पूर्वआइजीपी सर्वेन्द्र खनाल आजबाट नेकपा एमालेका नेता भएका छन् । लामो गृहकार्य र तयारीपछि उनी एमालेमा प्रवेश गरेका छन् ।

खनालको पारिवारिक पृष्ठभूमि नेपाली काँग्रेससँग निकट भएपनि उनी कम्युनिस्ट पार्टी प्रवेश गर्नुलाई अर्थपूर्ण मानिएको छ । प्रहरीमा छँदै उनको काँग्रेस नेताहरुसँग निकटता थियो । काँग्रेस सभापति शेरबहादुर देउवासँग सहजै भेट्थे । तर, आइजीपी भएपछि देउवासँग दूरी बढ्यो ।

आइजीपीबाट सेवानिवृत्त भएपछि खनालको निकटता एमाले नेता महेश बस्नेतसँग भयो । तत्कालीन एमाले सांसद किसान श्रेष्ठ उनकै गृहजिल्लाको भएकाले उनीसँग पनि निकटता थियो । बस्नेत र श्रेष्ठसँगै महोत्तरी गएर तत्कालीन सांसद डा। सुरेन्द्र यादवलाई मनाएर संघीय समाजवादी पार्टी फुटाउन खोज्दा खेल बिग्रियो । यादव होटल छाडेर गए । खनालसहित बस्नेत र श्रेष्ठमाथि अपहरणको आरोप लाग्यो । खनालको आलोचना भयो ।

सर्वेन्द्र खनालको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट बाक्लो भयो । उनलाई ओलीले एमालेमा आउन भने । उनले समय आएपछि निर्णय लिने भने । चुनावको मुखमा उनी एमाले प्रवेश गरे ।

रिपोर्टर्स नेपाल डट कमसँगको विशेष कुराकानीमा सर्वेन्द्र खनालले आफू एमाले प्रवेश गर्न लागेको खुलाएका थिए । उनले ओलीको खुलेर प्रशंशा गरेका थिए ।

एमाले प्रवेश गरेका खनाल काठमाडौं, चितवन, बारा या तनहुँमध्ये कुनै जिल्लाबाट चुनाव लड्ने चर्चा छ । विश्वस्त स्रोतका अनुसार उनको रोजाई काठमाडौं र तनहुँ छ । तनहुँमा उनी काँग्रेस नेता रामचन्द्र पौडेलसँग प्रतिष्पर्धामा उत्रिने सम्भावना पनि छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्