कर्णालीमा १० लाख मतदाता

होस्ट खबर १ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

सुर्खेत : आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका कर्णाली प्रदेशका १० लाख बढी मतदाता सहभागी हुने भएका छन् ।

मंसिर ३ गतेसम्ममा १८ वर्ष पूरा हुने कर्णालीका १० लाख आठ हजार चार सय तीन जना मतदाता नामावली निर्वाचन आयोगले स्वीकृत गरेको छ । अन्य प्रदेशहरुको तुलनामा कर्णाली प्रदेशमा सबैभन्दा कम संख्यामा मतदाता रहेको आयोगले जनाएको छ ।

यसैगरी कर्णालीमा कुल एक हजार चार सय तीन वटा मतदान केन्द्र रहने छन् । प्रदेशमा सबैभन्दा कम मतदाता रहेको जिल्ला डोल्पा छ । जिल्लामा कुल २२ हजार सात सय ७४ मतदाता रहेको आयोगले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्