महाकाली र कर्णाली नदीमा खतराको घण्टी, सतर्कता रहन आग्रह

होस्ट खबर १ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

सुर्खेत : देशका पश्चिमी क्षेत्रमा ठूलो पानी परेको छ। बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, सुर्खेत आसपास भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ।

कैलालीको कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। बर्दिया र कैलालीको कर्णाली नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन भनिएको छ।

त्यस्तै डडेलधुराको महाकाली नदी पारिगाउँ केन्द्रमा पनि जलसतह बढ्दो क्रममा छ। रङ्घुन जलाधारमा अति भारी वर्षा भइ सतह थप बढ्नसक्ने अनुमान छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array