रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

होस्ट खबर ३१ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उज्वेकिस्तानको समरकन्दमा भेटवार्ता भएको छ ।

सोही भेटघाटका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमा सन्तुलित अडानमा चिनियाँ राष्ट्रपति सीलाई धन्यवाद दिएका छन्। रुस एक चीन नीतिको पक्षमा रहेको र चीनको मामिलामा अन्य देशको हस्तक्षेपको निन्दा गरेको चीनद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

युक्रेनमा भएको आक्रमणपछि रुसी पुटिन र सीबीचको यो पहिलो भेट हो । राष्ट्रपति पुटिनले ‘एक ध्रुवीय संसार बनाउने प्रयास’ को आलोचना गरेका छन् । चिनियाँ राष्ट्रपति सीले चीन रुससँग काम गर्न इच्छुक रहेको बताएका छन् । पुटिन र सीले यसअघि बेइजिङमा भएको शीतकालीन ओलम्पिकमा भेट गरेका थिए ।

चीनले रुससँग संयुक्त सैन्य अभ्यास पनि गरेको छ । साथै रुसले विश्वका विभिन्न देशमा नाकाबन्दी लगाउँदा चीन रुसको साथमा उभिदै आएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array