चीनले खोज्यो ‘एक चीन नीति’मा प्रतिबद्धता

होस्ट खबर २९ भाद्र २०७९, बुधबार
3 Min Read
Aa

काठमाडौं : चीनको नेसनल पिपल्स कंग्रेसको स्थायी समिति अध्यक्ष ली चान्सु नेतृत्वमा आएको टोलीले नेपाली नेतासँग ‘एक चीन नीति’प्रतिको प्रतिबद्धता खोजेको छ । नेपालमा अमेरिकाको नियमित भ्रमण भइरहेका बेला चिनियाँ नेता ली चान्सुले ‘चीनप्रतिको नेपालको धारणा के होरु’ भनी बुझेका हुन् ।

सन् २०१९ मा नेपाल भ्रमण गर्ने चिनियाँ राष्ट्रपति सी चिङ फिङपछिका सबैभन्दा वरिष्ठ नेता हुन् । चीनले आफ्नो सुरक्षाका लागि नेपालबाट उत्पन्न हुन सक्ने खतरा आँकलन गर्दै चिनियाँ वरिष्ठ नेतालाई नेपाल पठाएको हो ।

यसअघि, चिनियाँ विदेशमन्त्री वाङ यी चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियान्छाओले नेपाल भ्रमण गरेका थिए । उनले पनि चिनियाँ सुरक्षा मामिला विषयलाई लिएर नेपाली नेतासँग धारणा मागेका थिए ।

नेपालमा केही समयदेखि अमेरिकी चासो र नियमित भ्रमण भइरहेका बेला हाल चिनियाँ वरिष्ठ नेता लीको भ्रमण ‘नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धता के होरु’ भन्ने बुझ्न उनी यहाँ आएको विज्ञ बताउँछन् ।

सोमबार आएका लीले सुरुमा सभामुख अग्नि सापकोटासँग भेट गरे । सापकोटा र चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सुले अन्तरसंसदीय सहयोगसम्बन्धी ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरे । सँगै चिनियाँ नेता लीले ‘नेपालको चीनप्रतिको धारणा के हो रु’ भनी बुझेका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा हस्ताक्षर गरिएको समझदारीपत्रमा ‘आपसी विश्वास सदृढ र विकासका लागि एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकासपथको सम्मान गर्न तथा एकअर्काका मूलहित र महत्वपूर्ण सरोकारमा साथ दिन सहमत भएको’ उल्लेख छ ।

भ्रमण दोस्रो दिन मंगलबार चिनियाँ वरिष्ठ नेता लीले नेपालका प्रमुख राजनीतिक दलका नेतासँग भेट गरेका छन् । चिनियाँ नेता लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । भेटमा चिनियाँ नेता लीसँग प्रधानमन्त्री देउवाले ‘चीनविरुद्ध नेपालमा कुनै पनि गतिविधि गर्न नदिइने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

देउवाले ‘नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको’ जानकारी दिँदै ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको’ उल्लेख गरे । उनले चिनियाँ नेता लीसँग भने, ‘चीनविरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न दिँदैनौं ।’

नेपालको आर्थिक सामाजिक क्षेत्रमा लामो समयदेखि चीनले गर्दै आएको सहयोगमा प्रशंसा गरेका छन् । चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष चान्सुले सन् १९६० को दशकमा तत्कालीन प्रधानमन्त्री बीपी कोइराला र चिनियाँ नेतृत्वबीच भएको समझदारी, भेटघाट र भ्रमणको स्मरण पनि गरे । उनले नेपालले आगामी ३ असोजमा मनाउन लागेको नेपालको ‘संविधान दिवस’को शुभकामनासमेत दिए । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array