दैलेखको दुल्लुमा चट्याङ्ग लागेर पाँच जना घाइते

होस्ट खबर २८ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

दैलेख : जिल्लाको दुल्लुमा चट्याङ्ग लागेर पाँच जना घाइते भएका छन्। दुल्लु नगरपालिका–४ पानदेउका सरुपा बिकको खेत बारीमा खेत गोडने क्रममा चट्याङ्ग लागेर घाइते भएका हुन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयकाअनुसार घाइते हुनेमा ४० वर्षीया तारा विक, ४३ वर्षीया सिद्ध विक, ४२ वर्षीया सरुपा विक, ४६ वर्षीया ईश्वरा विक र ४२ वर्षीया लक्ष्मी विक रेहका छन्।

उनिहरुको हाल दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई रहेको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array