दैलेखको चामुण्डा विन्द्रासैनी माविमा भ्रष्टाचार गर्ने ११ जनाविरूद्व मुद्दा

होस्ट खबर २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

सुर्खेत : दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको हाडाकोटस्थित चामुण्डा उच्च माविमा छोटो समयको व्यवसायिक तालिममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो विद्यालयका प्रधानाध्यापक, सहायक लेखापाल, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् कर्णालीका कामु निर्देशक, तालिम दिने निजी कम्पनीका सञ्चालकलगायत ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, कर्णाली प्रदेश, प्रदेश कार्यालय वीरेन्द्रनगर, सुर्खेतका तत्कालीन कामु निर्देशक भीमकान्त लामिछाने र मोहन बहादुर कार्की, लेखा अधिकृत शिवराम रोकाया, प्रधानाध्यापक जयप्रसाद तिमिल्सेना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर शाही, सहायक लेखापाल नरेश शाही, इलाइट इन्फ्रास्ट्रक्चर कन्सल्ट्यान्ट प्रालिका संचालक उपेन्द्र शाहीलगायत ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध ३ करोड ४३ लाख ८८ हजार ८१६ रुपैयाँ विगो दाबी गरी मुद्दा दायर गरिएको हो । तालिम नै नदिई मिलेमतोमा सामान पनि खरिद नगरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array