महारानी एलिजाबेथको ९६ वर्षको जीवनमा फर्केर हेर्दा …

होस्ट खबर २४ भाद्र २०७९, शुक्रबार
3 Min Read
Aa

काठमाडौं : ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधन भएको छ । बेलायतको बकिंघम राजप्रासादले महारानीको निधन भएको घोषणा गरेको हो । उनी ९६ वर्षकी थिइन्। उनको निधन स्कटल्याण्ड स्थित बाल्मोरल काशलमा भएको हो जहाँ उनले ग्रीष्मकालीन समय बिताएकी थिइन् ।

उनका चारजना सन्तान, उनको उत्तराधिकारी प्रिन्स अफ वेल्स समेत अन्तिम समयमा उनको साथमा थिए । उनी बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी थिइन् । उनी ७० वर्षसम्म गद्दीनसीन थिइन् ।

बिहीबार उनको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए ।

रानीको निधनसँगै युवराज चार्ल्स बेलायत तथा १४ कमनवेल्थ राज्यका राजा बनेका छन्। रानीलाई राजकीय सम्मानसाथ अन्तिम श्रद्धाञ्जली दिइने बेलायती संचारमाध्यमले जनाएका छन् । त्यस्तै राष्ट्रिय शोकको अवधि पनि सुरु भएको छ। करिब १० दिनमा उनको अन्तिम संस्कार गरिनेछ।

उनको शवलाई बकिङ्घम प्यालेसमा सारिने बताइएको छ। उनको सम्मानमा फुटबल, क्रिकेटजस्ता खेल पनि रोकिन सक्ने बताइएको छ। महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् र त्यसयता उनी ठूलो सामाजिक परिवर्तनको साक्षी बनेकी थिइन् ।

महारानी एलिजाबेथको ९६ वर्षको जीवनमा फर्केर हेर्दा :-

२१ अप्रिल १९२६ मा जन्मिएकी एलिजाबेथ अलेक्जान्ड्रा मेरीले ७० वर्षसम्म बेलायतमा शासन गरिन् । यसरी, एलिजाबेथले संसारमा दोस्रो सबैभन्दा लामो शासनको कीर्तिमान राखिन्। नम्बर एकमा सबैभन्दा लामो शासनकाल फ्रान्सका राजा लुइस चौधौंको मानिन्छ, जसले फ्रान्समा ७२ वर्ष शासन गरेका थिए।

सन् १९५३ देखि बेलायतमा शासक गरिरहेकी उनका चार सन्तानहरु रहेका छन् । प्रिन्स चार्ल्स, एनी, एन्ड्र्यू र प्रिन्स एडवर्ड।

एलिजाबेथले सन् १९५६ देखि ७० सम्म २० भन्दा बढी देशलाई बेलायती उपनिवेशवादबाट स्वतन्त्र बनाइन्।

एलिजाबेथ सन् १९९१ मा खाडी युद्धको विजयमा अमेरिकी संसदको संयुक्त सत्रलाई सम्बोधन गर्ने पहिलो बेलायती शासक थिइन्। उनी रानी एलिजाबेथ द्वितीयको रूपमा प्रसिद्ध भइन् र सन् १९४७ मा प्रिन्स फिलिपसँग विवाह गरेकी थिइन्। उनी सन् १९५२ मा बेलायतकी महारानी भइन् र सोह्र महिनापछि सन् १९५३ जुनमा ताज पहिरिएकी थिइन् । उनी सन् १९५२ मा बेलायतकी महारानी भइन् र सोह्र महिनापछि सन् १९५३ जुनमा ताज पहिरिएकी थिइन् ।

राज्यको प्रमुखको रूपमा, एलिजाबेथले सबैभन्दा धेरै विदेश यात्राहरू गरिन्। रानी एलिजाबेथ कमनवेल्थका ५४ देश र क्षेत्रको प्रमुख थिइन् । महारानीले बेलायती उपनिवेशबाट २० भन्दा बढी देशलाई स्वतन्त्रता गरिदिइन् ।

महारानी एलिजाबेथले सन् १९७३ मा बेलायतलाई युरोपेली संघमा प्रवेश गराएकी थिइन् । सन् १९९१ मा खाडी युद्धको विजयमा अमेरिकी संसदको संयुक्त सत्रलाई सम्बोधन गर्ने पहिलो बेलायती शासक बनिन् ।

महारानी एलिजाबेथ द्वितीयले आफ्नो स्थापनाकालदेखि कुल १४ प्रधानमन्त्रीहरूसँग काम गरिन् ।

सन् १९५३ मा जब एलिजाबेथले आफ्नो सिंहासन सम्हालिन्, बेलायतको कमाण्ड विन्स्टन चर्चिलको हातमा थियो ।

बेलायतका निवर्तमान प्रधानमन्त्री बोरिस जोनसन महारानीको कार्यकालमा सेवा गर्ने १४ औं प्रधानमन्त्री थिए। महारानी एलिजाबेथ ७० वर्षसम्म सिंहासनमा बसेकी थिइन् । यी ७० वर्षमा १५ जना प्रधानमन्त्री भए । लिज ट्रस १५ औं प्रधानमन्त्री हुन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्