कोरियामा दुर्घटनामा परी सुर्खेतका एक युवकको मृत्‍यु

होस्ट खबर २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

सोल : कोरियामा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्‍यु भएको छ। कोरियाको ख्यङ्गीदो प्रान्तस्थित पोछनमा भएको दुर्घटनामा सुर्खेतका जीवन मगरको ज्यान गएको कोरियाका नेपाली दोभाषे सहयोगी मुक्त गुरुङले जानकारी दिए।

मगर ईपीएस भाषा परीक्षा उत्तीर्ण गरी ३ वर्षअघि कोरिया आएका थिए। गर्मी विदामा साथीहरुसँग घुमेर मंगलबार साँझ आफ्नो कोठामा फर्किएका मगर खानेकुरा किन्न भन्दै बाहिर निस्किएको र बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएको उनका सहकर्मीलाई उद्धृत गर्दै गुरुङले जानकारी दिए।

साँझ निस्किएका मगर बिहानसम्म पनि नफर्किएपछि उनका सहकर्मीहरु खोज्न जाँदा साईकल र चप्पल भेटिएपछि प्रहरीसँग सोधपुछ गर्दा घटनाका विषयमा जानकारी पाएको उनीहरुले बताए।

घटनाका विषयमा दूतावासलाई जानकारी गराइसकिएको र शव पोछनस्थित स्थानीय अस्पतालमा राखिएको गुरुङले बताए। कोरियामा ईलेक्ट्रिक स्कुटर चलाउनसमेत लाइसेन्स आवश्यक पर्ने भन्दै गुरुङले साइकलदेखि मोटरसाईकल चलाउँदा अति नै संवेदनशील हुन आग्रह गरेका छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array