एमयु ग्र्याजुएट स्कूल र सेभ द चिल्ड्रेनबीच सम्झौता

होस्ट खबर २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कूल अफ एजुकेशन र सेभ द चिल्ड्रेन इन्टरनेशनलबीच सम्झौता भएको छ। बुधबार मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कूल अफ एडुकेशन सुर्खेत र नेपाल र सेभ द चिल्ड्रेन इन्टरनेशनलबीच सम्झौता भएको हो। उक्त सम्झौतामा प्राथमिक तहमा गुणस्तरीय शिक्षाका लागि बृहत फ्रेमवर्कको विकास र पाइलटिङका ​​लागि कार्य विशिष्ट सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौता पत्रमा एमयुका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको सम–उपस्थितिमा ग्र्याजुएट स्कूल अफ एडुकेशनका डीन सह–प्रा.डा. लीलाधर तिवारी तथा सेभ द चिल्ड्रेनका फिल्ड कार्यक्रम सञ्चालन निर्देशक बिरेन्द्र ठगुन्नाद्वारा हस्ताक्षर गरिएको हो। सम्झौताको प्राथमिक उद्देश्य गुणस्तर शिक्षाको लागि व्यापक फ्रेमवर्कको अपेक्षित परिणामहरूको परीक्षणको लागि विकास र कार्यान्वयन गर्नु रहेको छ भने कक्षा १ देखि ५ सम्मको राष्ट्रिय पाठ्यक्रममा परिकल्पना अनुरुप प्रारम्भिक कक्षाहरूमा बालबालिकाको सिकाइ कार्यसम्पादनमा सुधार गर्नु रहेको छ।

परियोजना जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका ६ वटा विद्यालय र कालीकोट जिल्लाको शुभकालिका गाउँपालिकाका ६ वटा गरी जम्मा १२ वटा विद्यालयहरुमा संचालन हुनेछ। यस परियोजनाको दायरालाई फराकिलो पार्दै निकट भविष्यमा उच्च शिक्षामा समेत लागु गर्ने योजना रहेको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array