१ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुल्दै

होस्ट खबर २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरी छनोटसम्बन्धी मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयले पठाएको मापदण्ड स्वीकृत गरेको श्रोतले बताएको छ ।

मापदण्ड पारित भएसँगै अब प्रहरी प्रधान कार्यालयले भदौ २६ गते म्यादी प्रहरीको आवेदनका लागि पत्रिकामा सूचना प्रकाशित गर्नेछ ।त्यसपछि भदौ ३० देखि असोज ६ सम्म आवेदन दिन सकिनेछ ।

त्यस्तै, असोज ९ देखि १४ गतेभित्र छनोट प्रक्रिया पूरा गरिसक्नुपर्नेछ भने नतिजा चाहिँ असोज २५ मा प्रकाशन गरिने कार्यविधिमाउल्लेख छ ।

अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न गृह मन्त्रालयलाई सहमति दिएको छ । म्यादीको कार्यवधी ४० दिनको हुनेछ ।

यसभन्दा अगाडिको तथ्यांकलाई हेर्ने हो भने स्थानिय चुनावमा सेलेक्ट भएका म्यादि प्रहरिले पुन: यो चुनावमा आवेदन दिदा दोहारिने सम्भावना देखिन्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्