कारागार विधेयक राष्ट्रिय सभाबाट पारित

होस्ट खबर २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : राष्ट्रियसभाले कारागार विधेयक २०७६ पारित गरेको छ। आज बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट पठाइएको उक्त विधेयक पारित गरेको हो ।

विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले मानव वेचविखन, भ्रष्टाचार, जन्मकैदको सजाय, तेजाब आक्रमण, जबरजस्ती करणी लगायतका २० वटा भन्दा बढी प्रकारको मुद्दामा कैद मिनाहा गर्न नमिल्ने बताए ।

सरकार ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीको मिनाहाको पक्षमा रहेको समेत उनले स्पष्ट पारे ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array