सुर्खेत-२ बाट हृदयराम थानीको नाम सिफारिस

होस्ट खबर १८ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

सुर्खेत : नेपाली कांग्रेसका पुर्व मन्त्री तथा पुर्व केन्द्रीय सदस्य हृदयराम थानीसहित चार जनाको नाम सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारमा सिफारिस गरेको छ। हिजो शुक्रबार बसेको क्षेत्रीय कार्यसमितिकको बैठकले थानीसहित चार जनाको नाम उम्मेदवारमा सिफारिस गरेको हो । हृदयराम थानी, श्याम भारती, डा. टी. एन. योगी, निरन्जन के.सी. र कलम बहादुर खत्रीको नाम सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारमा सिफारिस गरेको हो ।

सुर्खेत (२) बाट कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य हृदयराम थानीलाई पराजित गर्दै नवराज रावत विजयी भएका थिए । सुर्खेत २ मा ३७ हजार ४४७ मतले रावत विजयी हुँदा थानीले २८ हजार ६४६ मत प्राप्त गरेका थिए।

सुर्खेत क्षेत्र नम्बर २ प्रतिनिधि सभा समानुपातिकतर्फ भने शिवराज जोशी, जानकी सिंह, प्रेम प्रकाश खड्का, गोविन्द बहादुर मल्ल, साधना घिमिरे, लोकबहादुर विश्वकर्मा लगायत ११ जना नेताको नाम सिफारिस गरेको छ।

यस्तै प्रदेश सभातर्फ क्षेत्र नम्बर–२ को (क) बाट प्रत्यक्षमा गोविन्द कोइराला, काली शाक्य, कमल रेग्मी, तीर्थ शाही, बालदीप कँडेल, देबकुमार सुवदी, कर्ण बुढा, नारायण सापकोटा, हरि बिष्टको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ शिवराज जोशी, गोबिन्द बहादर मल्ल, यज्ञ बहादुर बुढा, लोक बहादुर विश्वकर्मा, जानकी सिंह, डिल्लीराम पाठकसहित २४ जनाको नाम सिफारिस गरिएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्