कर्णालीका मुख्यमन्त्री शाही प्रतिनिधि र प्रदेशसभामा उम्मेदवार सिफारिस

होस्ट खबर १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनका लागि हुम्लाबाट एकल उम्मेदवार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार सिफारिस भएका छन्। एउटा मात्र प्रतिनिधिसभा क्षेत्र रहेको हुम्लाबाट उनी प्रतिनिधिसभासहित त्यहाँको प्रदेशसभा क्षेत्र (ख) बाट पनि सिफारिस भएका हुन्।

बिहीबार कांग्रेसको प्रदेशसभा क्षेत्रीय कार्यसमिति (ख) र प्रतिनिधिसभा कार्यसमितिले उनलाई सर्वसम्मत सफारिस गरेको हो। उनको दुवै क्षेत्रमा एकल उम्मेदवारी सिफारिस भएको हो।

प्रदेश ‘ख’ का सभापति तक्दीर लामाले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ मुख्यमन्त्री शाहीको एकल रूपमा नाम सिफारिस गरेको मुख्यमन्त्रीका निजी सचिवालयका एक अधिकारीले जानकारी दिए।

गठबन्धनका आधारमा पनि उनको नाम दुवै क्षेत्रमा एकल सिफारिस गरिएको जनाइएको छ। प्रदेश (क) ले भने प्रदेशसभाको प्रत्यक्षतर्फ मानदेव शाही, अर्जुन महतारा र मंगलबहादुर शाहीको नाम सिफारिस गरेको छ। समानुपातिकतर्फ राम टमट्टा, सविता ऐडी, मैना बुढा र मिमबहादुर शाहीको नाम सिफारिस गरिएको छ।

प्रदेश ‘ख’ ले प्रदेशको समानुपातिकतर्फ पदमबहादुर लामा, विजया बुढा र रिता लामाको नाम सिफारिस गरेको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array