सुर्खेत-१ बाट कांग्रेसका उपसभापति खड्का सर्वसम्मत उम्मेदवार सिफारिस

होस्ट खबर १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

सुर्खेत : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएको छ । आज ९बिहीबार० बसेको क्षेत्रीय कार्यसमितिको बैठकले खड्कालाई प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको हो ।

सुर्खेत क्षेत्र नम्बर १ बाट खड्कालाई मात्र प्रत्यक्षमा सिफारिस गरिएको क्षेत्रीय कार्यसमिति सदस्य मोहन रानाले जानकारी दिए । रानाका अनुसार सुर्खेत क्षेत्र नम्बर १ बाट समानुपातिकमा नरहरि भट्टराई र ज्ञानु भुसालको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर १ को प्रदेशसभातर्फ ९क० बाट प्रत्यक्षमा खड्कबहादुर पोखरेल, केशर वली, चित्रबहादुर रेग्मी र टेकबहादुर सिंहको नाम सिफारिस गरिएको छ ।
भने समानुपातिकतर्फ अनन्तप्रसाद उपाध्याय पौडेल, खिमानन्द ढकाल, तेजबहादुर खत्री, धनसरा शाही, नरबहादुर सुनार, नारायण सापकोटा, बलिमाया बुढा, यामलाल पंगाली र सुशिला कार्कीको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर १ प्रदेश ९ख० मा प्रत्यक्षतर्फ हाल प्रदेशसभा सदस्य रहेकी अमृता शाहीको नाम एक नम्बरमा सिफारिस गरिएको छ । यस्तै, भूपेन्द्र चन्द, भूपेन्द्रबहादुर सुवेदी, मानबहादुर बुढा मगर, हरिप्रसाद शर्मा र लक्ष्मीदत्त पौडेलको नाम पनि सिफारिस गरिएको छ ।

यता समानुपातिकमा खगीसरा आचार्य, झकबहादुर डाँगी, रेणु आचार्य, लिलामति विक, प्रेमबहादुर विक, टोपबहादुर टङ्लामी मगरको नाम सिफारिस गरिएको रानाले जानकारी दिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array