सुर्खेतमा तीजको नाच हेर्नेक्रममा झडप हुँदा एकजनाको मृत्यु

होस्ट खबर १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेतमा तीजको नाच हेर्नेक्रममा झडप हुँदा एकजनाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं १० बामेखोलामा तीजको नाच हेर्नेक्रममा झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार झडपको क्रममा ढुंगा प्रहार गरि कुटपिट गर्दा २१ वर्षीय रोशन जी.सी.को घटना स्थलमै मृत्यु भएको हो । घटना मंगलबार करीब ७ बजेतिर भएको स्थानीय रेवन्त पुरीले बताए । मृतक जीसी परिवारको एकमात्र छोरा भएको पुरीले बताए। कुटपिटबाट मृतक जीसीको टाउकोमा चोट पुगेको थियो ।

उनी वीरेन्द्रनगर वडा नम्बर १० बामेखोलास्थित पठानटोलका हुन्। नाचगान हेर्न गएका युवाहरूबीच झडप भएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार झडपका क्रममा घाइते भएका जिसीलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो।

घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सुरज कार्कीले बताएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्