पशुपतिमा करिब ४ लाखले गरे दर्शन

होस्ट खबर १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : हरितालिका तिजका दिन मंगलबार पशुपतिनाथको मन्दिरमा पुगेका अधिकांश दर्शनार्थीले सहजै दर्शन गर्न पाएका छन् ।

मन्दिरमा पुगेका महिला दिदीबहिनीहरूले अघिल्ला वर्षहरूको तुलनामा सहजै पशुपतिनाथको दर्शन गर्न पाएको बताएका छन् । पशुपति क्षेत्र विकास कोषले करिब ४ लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेको दाबी गरेको छ ।

कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले व्यवस्थापनसँगै पूर्वी ढोका पनि खोल्दा छिटो छिटो लाइन सरेको दाबी गरे । पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि नै लाइनमा बसेका दर्शनार्थीले सहज भएको महसुस गरे । दर्शन एवं पूजाका लागि आएका महिला यस वर्ष पशुपतिमा व्यवस्थित भएकाले छिटो दर्शन गरेर फर्कन पाएकोमा खुसी भए ।

यसपालि व्यवस्थित रूपमा दर्शन गर्ने व्यवस्था मिलाउँदा सहज भएको कोषको दाबी छ । ‘हामीले राम्रो व्यवस्थापन गर्दा दर्शनार्थीलाई सहज भएको हो, अरूले हेर्दा यसपालि कम दर्शनार्थी देखे पनि संख्या पोहोरकै जस्तो भयो,’ कोषका कार्यकारी निर्देशक डा खतिवडाले भने । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array