ओली नै प्रधानमन्त्री हुनुपर्ने ६ कारण

होस्ट खबर १४ भाद्र २०७९, मंगलवार
3 Min Read
Aa

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्नुको मुख्य आधार उनले विगतमा गरेका काम नै रहेको बताइएको छ ।

एमाले प्रचार विभागद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा विभाग उपप्रमुख विष्णु रिजालले दुईपटक प्रधानमन्त्री भइसकेका ओलीले गरेका कामका आधारमा उनको व्यक्तित्वलाई लिएर प्रधानमन्त्रीका रूपमा अघि बढाइएको प्रस्टीकरण दिएका छन् ।

‘अध्यक्ष कमरेड केपी शर्मा ओली नै प्रधानमन्त्री बन्नुपर्नेमा उहाँको अडान, सपना र व्यक्तित्वका कारण नै हो,’ रिजालले भने, ‘आधुनिक नेपालको ७५ वर्षको इतिहास हेर्दा अध्यक्ष कमरेड ओली नेतृत्वको सरकारले गरेजति पनि काम नभएको र केही अपुरा भएकाले बाँकी रहेको विकास र समृद्धिको अधुरो सपना पूरा गर्न एमालेले यस्तो निर्णयमा पुगेको हो ।’

राष्ट्रिय स्वभिमानको प्रवद्र्धकका रूपमा ओली नेतृत्व आवश्यकता रहेको र वैदेशिक शक्ति सन्तुलनका हिसाबले एउटा सेतुका रूपमा रहेर काम गरेकोले, त्यो उचाईको नेता अवश्यक देखिएकाले एमालेले ओलीलाई नै प्रधानमन्त्री बनाउने निष्कर्षमा पुगेको दाबी उनको छ ।

‘अन्तर्राष्ट्रिय मञ्चमा केपी ओली जतिको अग्लो व्यक्तित्व अहिलेसम्म नेपालले प्राप्त गरेको छैन । समकालीन विश्वका नेतामध्ये केपी ओलीको व्यक्तित्व कम छैन,’ रिजालले भने, ‘यो नै ओली प्रधानमन्त्री हुनुपर्ने बलियो कारण हो ।’

ओली इतिहासको व्याख्याता मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलनको निर्माता समेत भएको र कम्युनिस्ट आन्दोलनलाई विकाससँग जोड्ने र समृद्धि यात्रामा लाने सूत्रधार रहेको दाबी उनको छ ।

संघर्ष, त्याग र निरन्तरताको पर्याय रहेका र नेपालका समकालीन नेतामध्ये उच्च र सक्षम नेतृत्वकर्ता रहेकाले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने र ओलीलाई प्रधानमन्त्री बनाउने उनको दाबी छ ।

एमाले महासचिव शंकर पोखरेलले ‘चुनावमा गरिने तालमेल पारस्परिक लाभको विषय भएको’ भन्दै ‘जोसँग तालमेल हुँदा आफूलाई लाभ पुग्छ, त्यसैसँग तालमेल गरिने’ बताए । ‘चुनावमा तालमेल के गर्ने स्थानीय परिस्थितिमा भरपर्ने’को धारणा छ ।

‘तालमेल कुनै नीतिगत सम्झौताको विषय होइन, नीतिगत सम्झौता कसैसँग पनि गर्दैनौं, आफ्नो नीतिका आधारमा चुनाव लड्छौं,’ उनले भने, ‘जो पक्षसँग पक्षसँग चुनावी तालमेल हुँदा पारस्परिक लाभ हुन्छ । त्यो पक्षसँग तालमेल गर्न सकिन्छ । यो हाम्रो नीतिगत मान्यता हो ।’

एमाले अध्यक्ष ओली र रवीन्द्र मिश्रबीच सोमबार नै भएको भेटघाटबारे उल्लेख गर्दै उनले ‘आलोचकले पनि आफ्ना अध्यक्ष ओलीसँग भेटेर कुरा गरेमा प्रभावित हुने’ दाबी गरेका छन् । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array