प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

होस्ट खबर १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बानेश्वरस्थित संघीय संसद भवनमा अहिले बिहान ११ बस्ने बैठकमा वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

कानूनमन्त्री गोविन्द कोइरालाले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु हुने कार्यसूची रहेको छ । यसैगरी, राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धी पत्रको व्यहोरा पनि सदनमा जानकारी गराइने छ ।

सरकारले संक्रमणकालीन न्याय निरुपणसँग सम्बन्धित विधेयक एकलौटी रुपमा अघि बढाउन खोजेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरिरहेको छ ।

द्वन्द्वपीडित सेना प्रहरीका परिवारल गायतका सरोकारवालाहरूले पनि विधेयकको विरोध गरेका छन् । नेपालस्थित पश्चिमा देशका कूटनीतिक नियोगहरूले पनि सदनमा पुगेको विधेयकप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

राष्ट्रियसभाको आइतबारकोे बैठकले विधायन व्यवस्थापन समितिमा पठाईदिएको नागरिकता ऐन संशोधन विधेयकमाथि सोमबार विधायन समितिमा छलफल हुने भएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array