नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई दबाब

होस्ट खबर १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले ‘नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९’ प्रमाणीकरण नगरी पुनः संसद्मा फर्काएको विषयमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।

उनीहरूले राष्ट्रपतिलाई भेटेरै उक्त विधेयक प्रमाणीकरण गर्न दबाबसमेत दिएका छन् । उनीहरू राष्ट्रपतिलाई भेट्न शनिबार शीतल निवास पुगेका थिए ।

नागरिकता विधेयक पुनः हुबहु राष्ट्रपति कार्यालयमा पठाउन आफूहरूले विभिन्न पक्षको ध्यानाकर्षण गराउने पनि उनीहरूले राष्ट्रपतिसँग बताएका थिए ।

भेटमा लोसपा अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण तथा जितेन्द्र सोनाल सहभागी थिए । नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array