सुर्खेतमा दुई लाख ४७ हजार सात सय ४० मतदाता

होस्ट खबर १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुर्खेत जिल्लाबाट दुई लाख ४७ हजार सात सय ४० मतदाता कायम भएका छन् ।

प्रदेश निर्वाचन कार्यालय सुर्खेतले क्षेत्र नं १ मा एक लाख २३ हजार ७५ तथा २ मा एक लाख २४ हजार छ सय ६५ मतदाता रहेको जनाएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन तयारीका काम सुरु भइसकेको बताए ।

उनका अनुसार भदौ १२ गते मतदाता नामावली प्रकाशन गरिनेछ । भदौ १३ देखि १५ गतेसम्म प्रकाशित मतदाता नामावलीउपर दाबी–विरोध, भदौ १३ देखि १७ गतेसम्म उजुरीउपर मतदातालाई प्रमाणसहित सफाइका लागि समय तोकिएको छ ।

त्यस्तै मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउनका लागि भदौ १३ देखि १६ गते, भदौ १३ गतेदेखि १७ गतेसम्म मृत्यु भएका मतदाताको जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारीले नामावलीबाट नाम हटाउने समय तोकिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्