नागरिकता विधेयकलाई राष्ट्रिय सभामै रोक्न दबाब

होस्ट खबर १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : नागरिकता विधेयकलाई राष्ट्रिय सभामा रोक्न प्रमुख प्रतिपक्षी एमालेले दबाब बढाएको छ ।

राष्ट्रिय सभा बैठक १२ गतेका लागि बोलाइएको छ । बैठकमा राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै फिर्ता गरिएको तर प्रतिनिधि सभाले जस्ताको तस्तै पुनः पारित गरेको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७१ पेस गर्ने तयारी छ ।

प्रतिनिधि सभाले विधेयक पारित गरेको सन्देश राष्ट्रिय सभामा पेस भएपछि त्यसमा सैद्धान्तिक छलफल गरिनेछ । सैद्धान्तिक छलफलपछि विधेयकलाई स्वीकृत गरी समितिमा पठाउने तयारी छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा विधेयक गए दफावार छलफल हुनेछ । समितिमा छलफल भएपछि प्रतिवेदन तयार गर्न दुई साताजति समय लाग्न सक्छ । समितिले नागरिकता विधेयक प्रतिवेदन तयार पारेर पठाएपछि निर्णयार्थ राष्ट्रिय सभामा प्रस्तुत गरिनेछ । राष्ट्रिय सभाबाट पारित भएको सन्देशसहित विधेयक प्रतिनिधि सभामा पठाउनुपर्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्