भारतले ‘अग्निपथ’ अन्तरगत नै गोर्खा भर्तीलाई निरन्तरता दिने

होस्ट खबर १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : भारतले अग्निपथ सैनिक भर्ती अन्तरगत नै गोर्खा भर्तीलाई निरन्तरता दिने स्पष्ट पारेको छ । आज भारतको विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले अग्निपथ कार्यक्रम अन्तरगत नै गोर्खा भर्तीलाई निरन्तरता दिने स्पष्ट पारेका हुन् ।

अग्निपथ योजना अनुसार गोर्खा भर्ती हुने हो या होइन भन्ने पत्रकारको प्रश्नमा बाग्चीले भने,‘हामीले गोर्खा सैनिकलाई लामो समययता भर्ती गरिरहेका छौं । भारतीय सेनामा अग्निपथ कार्यक्रम अन्तर्गत नै गोर्खा सैनिक भर्तीलाई निरन्तरता दिने नै छौं ।’

भारतमा अग्निपथ योजना विवादमा परेको थियो । भारतले गोर्खा भर्ती गर्न खोज्दा नेपाल सरकारले राष्ट्रिय धारणा बनाएर औपचारिक प्रतिक्रिया दिने भन्दै तत्काल स्थगित गर्न आग्रह गेको छ । नेपाललाई भारत सरकारले औपचारिक पत्र ३१ जेठमा पठाएपनि नेपालले जवाफ पठाएको छैन । जसका कारण गोर्खा भर्ती हाललाई स्थगित भएको छ ।

अग्निपथ भारतको सेनामा चार वर्ष सेवा गर्न सकिने नयाँ योजना हो । यो योजना अनुसार चार वर्षपछि अधिकांश सैनिक सर्वसाधारणको जीवनमा फर्कनेछन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्