‘मैंले के बिराए’

होस्ट खबर १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साह यतिबेला एक्सनमा उत्रिएका छन् । उनले काठमाडौंका गैरकानूनी संरचना धमाधम भत्काउन थालेका छन् । यस क्रममा आज नयाँ बानेश्वरस्थित अल्फाबिटाको भवनमा पुगे ।

अल्फाबिटाले नक्शापासविना बनाएको संरचना भत्काउन भने । त्यस क्रममा भवनका मालिकसँग चर्काचर्की भयो । बालेनसँग नक्शा मागियो । नक्शा भवन धनीसँग हुनुपर्ने भन्दै चर्किए । त्यसपछि बालेन सिधै महानगरपालिका कार्यालय पुगे ।

नक्शा र डोजर लिएर पुगे । धमाधम संरचना भत्काउन थाले । उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘उहाँले आफ्नै नक्शा मलाई माग्नु भयो । मैंले अफिस गएर नक्शा र डोजर लिएर गए । मैंले के बिराए ।’

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array