माथिल्लो कर्णालीको खरिद सम्झौता १ महिनाभित्रै हुने

होस्ट खबर
होस्ट खबर ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली किन्न एक महिनाभित्रै विद्यत् खरिद सम्झौता (पीपीए) हुने हुने भएको छ । नेपाल भ्रमणमा रहेको बंगलादेशको विद्युत, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमान नेतृत्वको टोलीले एक महिनाभित्रै माथिल्लो कर्णालीको प्रवर्द्धक गान्धी मल्लिकार्जुन राओ (जीएमआर)सँग पीपीए हुने दाबी गरेको हो ।

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकमा भाग लिन उनी नेतृत्वको टोली ६ भदौमा काठमाडौं आएका थियो । बुधबार सहसचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेडब्लूसी) बैठक बसिरहेको छ । बिहीबार बस्ने सचिवस्तरीय बैठकमा पनि यसबारे बंगलादेशले औपचारिक जानकारी गराउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्