गुर्भाकोट ६ का स्वतन्त्र वडाअध्यक्ष उम्मेदवार काँग्रेसमा प्रवेश

होस्ट खबर ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

गुर्भाकोट : गएको बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट वडा अध्यक्षका उम्मेदवार रहेका उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गुर्भाकोट नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष पदका स्वतन्त्र उम्मेदवार भिमबहादुर वलीले नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

बुधबार एक कार्यक्रमका बिच नेपाली कांग्रेस जिल्ला उपसभापति विष्णुबहादुर खड्का र गुर्भाकोट नगर कमिटि सभापति हस्त पुनले वलीलाई कांग्रेसमा प्रवेश र स्वागत गरेका हुन् । गुर्भाकोट वडा नम्बर ६ बडाखोलीमा आयोजित कार्यक्रमका वलीलाई पार्टीमा स्वागत गरिएको थियो । वली स्थानीय तह निर्वाचनमा वडाअध्यक्षमा करि चार सय बढी मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवार वलीले राजनीति सजिलो नभएपनि राजनितिलाई अङ्गिकार गर्ने दृढ अठोटका साथ नेपाली कांग्रेसको बिशाल छत्रछायामा प्रवेश गरेकोमा नगर सभापति पुनले स्वागत गरे । पुनले वलीको कदमलाई नेपाली कांग्रेस हार्दिक स्वागत गर्दछ साथै जनताको मन जित्दै अगामी दिनको सफलताको अग्रिम शुभकामना व्यक्त गरे ।

प्रमुख अतिथि समेत रहेका कांग्रेस जिल्ला उपसभापति खड्काले वलीले कांग्रेसमा प्रवेश गरि पार्टीप्रति देखाएको आस्था र विश्वासको सदैव स्मरणीय रहने बताए । सहभागी पार्टी कार्यकर्तालाई मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा होमिन उनले सुझाव दिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array