साउन यता कर्णालीमा ३६ वटा सवारीसाधन दुर्घटना, ११ को मृत्यु

होस्ट खबर ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आ.व. ०७९/०८० श्रावण महिनामा ३६ वटा सवारी सडक दुर्घटना भई ११ जना मानिसको मृत्यु र १९ जना सख्त घाईते भएको जनाएको छ ।

कार्यालयले आज जारी गरेको जानकारी अनुसार गत आर्थिक बर्ष २०७८/०७९ को साउन महिनामा ४० वटा सवारी दुर्घटना भएकोमा यो आ.व. को साउनमा ७ प्रतिशतले घटेको जनाएको हो ।

यो आर्थिक बर्षको साउन यता भएको सवारी दुर्घटनामा मृत्यु भएका मध्य ९ पुरुष र २ जना महिला रहेका छन् ।

यो आर्थिक बर्षको साउन यता गरिएको सवारी अनुगमन र चेकजाँचमा २ हजार ३ सय १८ सवारीसाधन कारवाहिमा परेको र त्यसबाट १७ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षको साउनमा चेकजाँचबाट २ हजार ४ सय २७ सवारीसाधन कारवाहिमा परि २० लाख ३१ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ ।

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले तयार पारेको सामग्री अनुसार आ।ब। ०७७/०७८ मा ८,०९० जनचेतना मुलक कार्यक्रम गरिएको र आ.व. ०७८/०७९ मा १०,७८८ वटा जनचेतनामुलक कार्यक्रम गरिएको थियो जसबाट सडक दृर्घटनामा कमी आएको देखिन्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array