क्रान्तिकारीले जनक शिक्षा सामाग्री कर्णाली प्रमुख केसीलाई दल्यो मोसो

होस्ट खबर ५ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

सुर्खेत : जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशका प्रमुख धनबहादुर केसीलाई कालो मोसो दलिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले प्रमुख केसीलाई कालोमोसो दलेको हो ।

शैक्षीक सत्र सुरू भएको चार महिना बित्तिसक्दा पनि समयमै कर्णालीका सबै जिल्लामा पाठ्यपुस्तक नपु¥याएको भन्दै मोसो दलिएको राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले विज्ञप्ति मार्फत जनाएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन क्रान्तिकारीका केन्द्रीय सदस्य तथा सुर्खेत इन्चार्ज तुलाराम तिरुवाको संयोजकमा प्रमुख केसीलाई कालोमोसो दलेका हुन् ।

उनीहरुले मनोमानित ढंगले पुस्तक वितरण गरि पुस्तक व्यवसायीसँग करोडौं कमिसन लगेको, हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगु लगायथका दुर्गम जिल्लाको बिल बनाई किताब सुर्खेतमा वितरण गरेको र ढुवानीबाट लाखौं कमिसन आएको आरोप लगाएका छन् ।
आफुले नगरेकै गल्तीमा झुक्याएर कालोमोसो दलेको प्रमुख केसीले खुलानजरलाई बताए ।

‘पाठ्यपुस्तकको विषयमा नेकपाका निकट विद्यार्थी संगठन क्रान्तिकारीका विद्यार्थीहरुले केहीदिनदेखि छलफल गरौ भनेका थिए सोही अनुसार आज छलफलका लागि आएका उनीहरुले मलाई झुक्याएर कालोमोसो दले, ’प्रमुख केसीले भने, ‘माथिबाट जति किताब आयो सोही अनुसार यहाँबाट हामीले वितरण गरिरहेका छौं । मैले नगरेकै गल्तीको विरुद्ध म कानुनी प्रक्रियामा जानेछु ।’

आफुले मनोमानी रुपमा केही काम नगरी माथिबाट आएको आदेश अनुसार नै कनाम गरेको प्रमुख केसीले दावी गरे ।
उनले हिमाली भेगमा कोटाभन्दा बढी पाठ्यपुस्त गएपनि अन्य जिल्लाहरुमा समेत आवश्यकताका आधारमा वितरण गरिएको बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्