प्रतिनिधि सभाको बैठक आज बस्दै

होस्ट खबर ५ भाद्र २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं : संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्न लागेको हो।

संसद् सचिवालयका अनुसार आजको बैठकमा ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८’ पेस हुने कार्यसूची रहेको छ।

त्यस्तै ‘बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत हुने कार्यसूचीमा उल्लेख छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array