गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ: प्रधानमन्त्री देउवा

होस्ट खबर ५ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको बताएका छन्।

देउवाले ट्वीट गर्दै लेखेका छन्, ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तव्ध भएको छु। उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ।’

उनले गिरिको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्। गिरिको ७५ वर्षको उमेरमा शनिबार राति निधन भएको थियो। उनी लामोसमयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array