आज कर्णालीको प्रदेश स्थापना तथा सहिद दिवस

होस्ट खबर ४ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

सुर्खेत : प्रदेश प्राप्तीको आन्दोलनमा सहिद भएका व्यक्तिको सम्झनामा आज भदौ ४ गते कर्णाली प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेर प्रदेश प्राप्ती तथा सहिद दिवस मनाउँदै छ। कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा सहिद भएका चारजनाको सम्झनामा प्रदेश सरकारले यो दिवस मनाउँदै आएको छ।

कर्णाली प्रदेश स्थापनाको आन्दोलनका क्रममा सुर्खेतका टीकाराम गौतम, यामबहादुर विसी, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुवँरले ज्यान गुमाएका थिए। प्रदेश स्थापना तथा सहिद दिववसका अवसरमा आज प्रदेशका सबै सरकारी कार्यालयमा विदा दिइएको छ भने सहिद पार्कमा सहिदको फोटोमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।

दिवसको अवसरमा प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शुभकामना सन्देश दिँदै संघीय व्यवस्थालाई बलियो बनाउनुपर्ने बताएका छन्। प्रदेश प्राप्तिको आन्दोलनको मर्म र सहिदको सपना पूरा गर्नका लागि संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको उनको धारणा छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array