सुर्खेत डिभिजन वन कार्यालयमा लामिछानेको रहस्यमय मृत्यु

होस्ट खबर २ भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

सुर्खेत : डिभिजन वन कार्यालय वीरेन्द्रनगर, सुर्खेतमा वन सम्बन्धि मुद्दामा पक्राउ गरिएका व्यक्तिको मृत्यु भएपछि आफन्त आन्दोलिन बनेका छन् । वीरेन्द्रनगर वन डिभिजन कार्यालयमार्फत बिहिवार पक्राउ गरिएका लेकबेशी नगरपालिका–१० का अन्दाजी ५८ बर्षीय धनीराम लामिछानेको वन कार्यालय पुर्याउने वित्तिकै मृत्यु भएको हो।

मृतक लामिछानेका आफन्तका अनुसार मदन भण्डारी राजमार्गमा टाचा लगाएको सालको रुख काटेको आरोपमा वनका कर्मचारीले लामिछाने र उनको श्रीमतिलाई पक्राउ गरि कुटपिटबाट मृत्यु भएको आरोप लगाएका छन्।

भाई रामप्रसाद लामिछानेले घर बनाउँनका लागि सानो रुख काटेको आरोपमा भाउजुलाई पहिला वन कार्यालयले पक्राउ गरेको बताए। उनले भने, ‘पछि वन कार्यालयबाट मिलापत्र गर्ने कुरा गरेर घर गए, झुक्काएर दाईलाई वनका चार जना कर्मचारीहरुले, लतार्दै, पिट्दै ल्याएका रहेछन्। अनी भाउजुलाई बाहिर निकाले र दाईलाई भित्र पठाएपछि यस्तो घटना घट्न पुग्यो।’

भाई रामप्रसादले वनका कर्मचारीले कुटपिट गरेर मारेको र पछि डोरीले झुण्डाएर आत्महत्या गरेको भन्ने बाहना रचेको बताए। साथै आफन्तहरूले उक्त घटनाको सत्य, तथ्य छानबीन हुनु, पर्ने कर्मचारीहरुलाई कारबाही हुनुपर्ने माग राखेका छन्।

लामिछानेलाई पक्राउ गर्नको लागि वीरेन्द्रनगर शव डिभिजन प्रमुख कृष्णराम धितालको ठाडो आदेशमा फरेस्टर सन्तोष खत्री, वन रक्षक पियुसराज तिवारी लगतयतको टोली गएको थियो।

यस्तै, उनिहरुको अहिले डिभिजन वन कार्यालय वीरेन्द्रनगर, सुर्खेत कार्यालय अगाडी विरोध जनाएका छन्। यता जिल्ला प्रशासन कार्यालय सुर्खेतले लामिछानेको मृत्यु कर्मचारीको कुटपिटबाट नभई उनले आत्महत्या गरेको दाबी गरेको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array