सल्यानबाट पाटे बाघ नियन्त्रणमा (भिडियो सहित)

होस्ट खबर १ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

सुर्खेत : सल्यानबाट पाटे बाघ नियन्त्रणमा लिइएको छ । सल्यानको कालीमाटी गाउँपालिका–७ घुइयाबारी (बाटुले गाउँ) बाट बाघ नियन्त्रणमा लिईएको प्रहरीले जनाएको हो । प्रहरी, नेपाली सेना र डिभिजन वन कार्यालयको संयुक्त टोलीले बाघ नियन्त्रणमा लिएको हो ।

बाघले स्थानीय तुल्सीकुमारी घर्तीको गोठमा बाँधेका दुई गोरु मारेर बाँसघारीमा छिरेपछि स्थानीयले बाघ नियन्त्रणमा लिने प्रयास गरेका थिए । मानिसलाई नै आक्रमण गर्न सक्ने त्रासका कारण स्थानीयले प्रहरी, बर्दिया राष्ट्रिय निकुञ्जलाई नियन्त्रणमा लिनका लागि खबर गरेका थिए । गाउँ नजिकैको बाँस घारीमा आराम गरीरहेको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका देवीदत्त गणको नेपाली सेना, प्राविधिकको टोली र स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

आइतबार मात्रै सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरयानीका रामबहादुर चन्द र कवि वलीको जनावरको आक्रमणबाट मृत्यु भएको थियोे । मृतकहरू बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका थिए ।

स्थानीयले भने बाघको आक्रमणबाट चन्द र वलीको मृत्यु भएको आशंका गरेका छन् । बाघ नियन्त्रणमा लिएको क्षेत्र र आइतबार चन्द र वलीलाई जनावरको आक्रमणबाट मृत्युु भएको क्षेत्र झण्डै साढे ५ किलो मिटरको दुरीमा पर्दछ । कुन जनावरको आक्रमणबाट मृत्युु भएको हो भन्ने एकिन नभए पनि नियन्त्रणमा लिएको बाघ नै दुबै जनाको ज्यान लिएको हुन सक्ने स्थानीयले दावी गरेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्