काठमाडौं : आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन ८४ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन बुझाएका छन् ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
आयोग सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार दल दर्ताका लागि तोकिएको अन्तिम दिन मंगलबार साँझसम्म आयोगमा ८४ दलले निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन दिएका हुन् ।
‘दल दर्ताका लागि तोकिएको अन्तिम दिन मंगलबार साँझसम्म ८४ राजनीतिक दलको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन आएको छ,’ आयोग सहप्रवक्ता अर्यालले भने, ‘अब आयोगले प्राप्त कागजात हेरेर दर्ता प्रक्रिया अघि बढाउँछ, आवश्यक परे नपुग कागजात पनि मागिनेछ ।’
गत २० साउनसम्म १ सय १६ राजनीतिक दल दर्ता भएकोमा निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि भने ८४ राजनीतिक दलले मात्रै दर्ता हुन निवेदन दिएको आयोगले जनाएको हो ।
यसअघि, २०७४ सालमा सम्पन्न निर्वाचनमा भने ८८ दलले निर्वाचनमा सहभागी हुन निवेदन दिएका थिए । यसपटक सो संख्या घटेको हो । राजधानी दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्