अवरुद्ध कर्णाली करिडोर खुल्यो

होस्ट खबर
होस्ट खबर ३१ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

कर्णाली : शनिबारदेखि अवरुद्ध रहेको कर्णाली करिडोर खुलेको छ। कर्णाली करिडोरको कालीकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका–१ को लालीघाटमा शनिबार पहिरो जाँदा अवरुद्ध भएको थियो।

कर्णाली करिडोरको कालीकोट खण्डमा पर्ने लालीघाट भिरमा पहिरो खस्दा शनिरबारदेखि अवरुद्ध राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए। ‘पहिराका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर डोजरले पहिरो पन्छाएपछि नियमितरूपमा सुचारु भएको छ’, उनले भने, ‘वर्षायाम लागेसँगै कर्णाली राजमार्ग र करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ।’

कर्णाली करिडोरमा पानी पर्नासाथ ठाउँठाउँमा पहिरो जाने भएकाले सडक अवरुद्ध हुने पलाँता गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर रोकायाले बताए। ‘भिरालो ठाउँबाट खडक खनिएका कारणले सधैँ पहिरो जाने गर्छ’, उनले भने, ‘पहिराका कारणले सधैँ सास्ती हुने गरेको छ।’

नेपाल समय
कर्णाली करिडोर स्तरोन्नति नहुँदा हिउँद र वर्षायाममा पहिरो जाँदा हुने समस्याका कारण सडक डिभिजन कार्यालय जुम्ला र हुम्लालाई सडक स्तरोन्नतिका लागि आवश्यक पहल गरिदिन कालीकोट सान्नी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्