सत्तारूढ दलकै नेताबाट फोहोरमा अवरोधः मेयर साह

होस्ट खबर ३१ श्रावण २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं : काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सोमबार पनि सोचेअनुसार बन्चरेडाँडामा फोहोर पु९याउन नसकिएको र सत्तारूढ दलका नेताकै कारण ‘समस्या उत्पन्न भएको’ औंल्याएका छन् ।

महानगरपालिकाले सोमबार २ सयभन्दा बढी ट्रकबाट फोहोर फाल्ने योजना बनाएको थियो । तर, सत्तारूढ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका स्थानीय नेताले ‘असहयोग गरेकाले फोहोर फाल्ने काम सहज नभएको’ जनाइएको छ ।

सत्तारूढ दलबाटै असहयोग भएपछि प्रमुख साहले आक्रोश व्यक्त गर्दै ‘राज्य संयन्त्र निरीह बनेको’ आरोप लगाएका छन् । समाजिक सञ्जाल फेसबकुमा स्टाटस लेख्दै साहले ‘फोहोर व्यवस्थनमा सिंगो राज्य संरचना निरीह बनेको’ टिप्पणी गरेका हुन् ।

बन्चरेडाँडमा ५ अर्बभन्दा बढी लगानी गरिसकेको र दुई दशकदेखि योजना बनाएको अवस्थामा समेत फोहोर लैजान ‘माथापच्ची’ गर्नुपरेकोमा उनले असन्तुष्टि र आक्रोश पोखेका छन् ।

‘२ सयभन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ रु पूरै राज्य संरचना यस्तो निरीह किन बन्छरु’ शाहले प्रश्न गरेका छन् ।

केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध खडा गर्ने प्रयास गरिएको बताउँदै साहले सोमबार २ सय ३ वटा मात्र फोहोरका गाडी बन्चरेडाँडा लैजान सकिएको अवगत गराएका छन् । उनले राज्य संयन्त्रमाथि गम्भीर प्रश्नसमेत तेस्र्याएका छन् ।

‘केही दिनबाट देखिरहेको समस्या सतही मात्रै भएको’ बताउँदै उनले ‘यसको गहिरो र अलग्गै कारण रहेको’ औंल्याएका छन् ।

साहले ‘बन्चरेडाँडामा राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै दुई दशकदेखि योजना बनाए पनि अहिले आएर फोहोर लैजान यतिका माथापच्ची किनरु’ भन्दै गम्भीर प्रश्न गरेका छन् । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्