सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

होस्ट खबर ३० श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ। बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।

आगामी निर्वाचनमा सिट बाँडफाँडका लागि गठित कार्यदलले अझै पनि सहमति जुटाउन सकेको छैन्। गएको गएको बिहीबार बसेको बैठकमा २०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, २०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको राजनीतिक संवेदनशीलताका आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी बनेको थियो।

त्यस्तै आजको बैठकमा गठबन्धन दलहरू आ–आफ्ना अडानसहित प्रस्तुत हुँदै छन्। कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला संयोजकसहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array