सुर्खेतमा लागुऔषधिसहित तीन पक्राउ

होस्ट खबर २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

सर्खेत : प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले वीरेन्द्रनगर नगरपालिका–९ घिमिरेडाँडाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ का ३१ वर्षीय भीमबहादुर रोकाया, २५ वर्षीय जीवनकली थापा र वीरेन्द्रनगर–९ का १८ वर्षीय मनिषा घिमिरे रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

साथै उनीहरुको साथबाट तीन सय ८० मिलीग्राम अवैध ब्राउनसुगर बरामद गरिएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्