प्रचण्ड स्वदेश फर्किएपछि मात्र कर्णालीले मन्त्री पाउने

होस्ट खबर २५ श्रावण २०७९, बुधबार
2 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेकपा माओवादी केन्द्रका अध्यक्ष स्वदेश फिर्ता पछि मात्र नयाँ मन्त्री पाउने भएको छ।
मन्त्री छिरीङ डम्डुल लामा (कार्चेन) को कार्यकाल सकिएपछि माओवादी केन्द्रको भागमा परेको उक्त मन्त्रालयमा नयाँ मन्त्री पाउन केही समय लाग्ने भएको हो।

सोमबार नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रचण्ड स्वदेश फर्केपछि मात्र नयाँ मन्त्री पठाउने विषयमा निर्णय हुने सहमति भएको माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए।

गैर सांसद लामालाई माओवादीले हुम्लाबाट मन्त्री बनाएको थियो। संविधानमा भएको व्यवस्था अनुसार ६ महिना कार्यकाल पुरा भएपछि लामा सोमबार नै बिदा भएका छन्। संसदीय दलको बैठकमा सवै प्रदेशसभा सदस्यहरुले आ आफ्नो धारणा राख्ने काम भएको इन्चार्ज मल्लले बताए। मल्लका अनुसार डोल्पाबाट निर्वाचित वीरबहादुर शाहीलाई मन्त्री बनाउने विषयमा मोटामोटी अघिल्लो पटक नै सहमति भइसकेको भएपनि अध्यक्ष प्रचण्ड स्वदेश फर्केपछि मात्र ठोस निर्णय हुने छ।

माओवादी केन्द्रले सबै जिल्लाबाट मन्त्री बनाएपनि डोल्पाबाट मन्त्री अहिले सम्मा बनाएको छैन्। कर्णाली सरकारमा अहिले तीन दलीय सत्ता गठबन्धन छ। जसअनुसार माओवादीले जलस्रोत तथा उर्जा विकास मन्त्रालय ,आर्थिक मामिला तथा योजना मन्त्रालय , उद्योग, पर्यटन, वन तथा वातावरण सम्हालेको छ। यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र भूमि, व्यवस्था, कृषि मन्त्रालय र काँग्रेसले मुख्यमन्त्री सहित सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय सम्हालेको छ।

११ जना सांसद रहेको माओवादीमा दलका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्रीसहित ७ जना मन्त्री भइसकेका छन्। यस्तै पुष्पा घर्ती उपसभामुखको भूमिकामा छिन्। अन्य विषयगत समितिमा रहेका छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array