मंसिर १ गतेदेखि मौन अवधि सुरु हुने

होस्ट खबर २४ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकबाट निर्वाचन कार्यतालिका स्वीकृत भएको हो ।

प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्यका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने तालिकामा उल्लेख गरिएको छ ।

तालिका अनुसार असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त, असोज २१ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, असोज २३ उम्मेदवारी दर्ता, असोज २८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र मंसिर १ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने छ । मौन अवधिमा प्रचार प्रसार गर्न पाइने छैन् । त्यसैगरी, मंसिर ४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array