प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ बैठकको कार्यसूची

होस्ट खबर २४ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बानेश्वरस्थित संघीय संसद भवनमा अहिले बिहान ११ बजे बस्न लागेको हो ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदनमा पेस गर्ने लगायतको सम्भावित कार्यसूची रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array