ट्रम्पको घरमा एफबिआइको छापा

होस्ट खबर
होस्ट खबर २४ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी घर ९मार ए लागो रिसोर्ट० मा एफबिआइले छापा मारेको छ।

सीएनएनका अनुसार ट्रम्पले राष्ट्रपति हुँदा सरकारी कागजपत्रहरु ल्याएको हुन सक्ने आशंकामा यो कारवाही गरिएको हुन सक्ने अनुमान गरिएको छ ।

ट्रम्पले एफबीआइले छापा मारेको पुष्टि गर्दै सो कारवाहीलाई गैरकानुनी भनेका छन्। छापा परेको बेला ट्रम्प न्यूयोर्कस्थि ट्रम्प टावरमा थिए। ट्रम्पले आउने राष्ट्रपति निर्वाचनमा फेरि एकपटक दाबी गर्ने तयारी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्