काठमाडौं : निर्वाचन आयोगले मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाएर अद्यावधिक गर्ने कार्य शुक्रबारबाट नै सुरु गर्ने जनाएको छ । आयोगले मृतक मतदातालाई सूचीबाट हटाउन शुक्रबारदेखि नै जुट्ने प्रस्ट्याएको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
स्थानीय तह निर्वाचन २०७९ मा मृतक मतदाताको सङ्ख्या करिब छ लाख हुन सक्ने अनुमानमा आयोगले मृतक मतदातालाई हटाएर नामावली अद्यावधिक गर्ने कार्य गर्न लागेको हो । आयोगले मतदाता नामावली सङ्कलन गरेपछि नियमित रूपमै अद्यावधिक गर्ने कार्य गर्दै आएको छ तर स्थानीय निर्वाचनमा मृतक मतदाताको नाम सूचीबाट हटाएको थिएन ।
आयोगले यसअघि पनि प्रत्येक महिनाको पहिलो साता नामावली अद्यावधिक गर्ने निर्णय गरेको थियो तर उक्त निर्णयको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् । पञ्जिकाधिकारी र नामावली दर्ता गर्ने अधिकारीबीच समन्वय हुन नसक्दा मतदाता सूचीबाट मृतक मतदाताको नाम हटेको छैन । गोरखापत्र दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्