ट्याक्टरबाट खसेर किशोरको मृत्यु

होस्ट खबर १९ श्रावण २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं : दाङको लमही नगरपालिका–६, देउपुरमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । स्थानीय १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको हो ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ ।

लु ४ त ८१०६ नम्बरको ट्याक्टरमा सवार उनी आज बिहान करिब ६ बजे त्यसबाट खसेका थिए । ट्याक्टरसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array